नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भबनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ । सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार आसन्न चुनावपछि संसद बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको संसद भवन निर्माणको कामलाई तिब्रता दिइएको छ । सरकारले फागनु २१ गतेलाई प्रतिनिधधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ ।











