वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा
वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रवारदेखि धर्नामा बस्दै आएका छन् ।











