९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

संवाददाता
२०८२ मंसिर ११, बुधबार १४:२२

बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य समेत २० रुपैयाँले बढेको छ । मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*