देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

संवाददाता
२०८२ मंसिर ११, बुधबार १४:२५

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनु भयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत आग्रह गर्नुभयो । निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*