एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय: ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

संवाददाता
२०८२ मंसिर ११, बुधबार १४:२९

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिनुभएको हो । उहाँले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताउनु भयो । पार्टीले महाधिवेशनमा प्रश्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*