प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छः राजेन्द्र श्रेष्ठ
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताउनु भयो । राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उहाँको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।











