बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात भयो’ः सिम्खडा

संवाददाता
२०८२ मंसिर १२, बिहीबार १६:०१

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष जगतबहादुर सिम्खडाले आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुरुवात हुँदा आफूहरु खुशी देखिएपनि अहिले निराश भएको बताउनुभएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा चरीलाई बेल पाक्यो हर्ष न विष्मत भएको बताउनुभएको हो । विश्वभरी नै सामाजिक सुरक्षा श्रमिकहरुको आधारभुत स्तभ हो भन्ने मान्यता रहेको र नेपालको संविधानले पनि सामाजिक सुरक्षा प्रत्येक नागरिकको हक मानेतापनि त्यसलाई व्यवहार्न उतार्न राज्यसंयन्त्र चुक्दै गएको सिम्खडाले बताउनु भयो । उहाँकाअनुसार देशको सामाजिक सुरक्षा भत्ताले देशको अर्थतन्त्रलाई धराशायी बनाउन सक्ने आँकलन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*