हेटौंडामा सुरु एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लब विजयी

संवाददाता
२०८२ मंसिर १२, बिहीबार १६:१७

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४–१ गोलले हरायो ।

चित्लाङका लागि चन्दनकुमार दासले ३२ औं, लाहान सुब्बाले ४७ औं, विज्ञान खड्काले ४८ औं र मदन स्याङ्तानले ८८ औं मिनेटमा गोल गरेका थिए । देउरालीबाट रामचन्द्र वाजीले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एक गोल फर्काएका हुन् । प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ चुनिए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा विजय स्पोटर््स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्लेयर अफ द म्याच लालीगुराँसका सुरजजंग ठकुरी भए । उनले ५ हजार रुपैयाँ पाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिता लिगकम नकआउट आधारमा मंसिर २ सम्म चल्नेछ । विजेताले १० लाख रुपैयाँसहित सिल्ड जित्ने छ भने उपविजेताले ५ लाख पाउनेछ ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले वुधबार उद्घाटन गरेका थिए । एन्फाका केन्द्रीय सदस्य एवं संयोजक टीकाराम लामाको अध्यक्षतामा भएको एन्फा महासचिव किरण राईलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*