स्मार्ट टेलिकमका पीडितलाई भेट्दै सञ्चारमन्त्रीले भने–अन्यायमा पर्न दिन्न
स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् । आज सिंहदरबारस्थीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् । भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु पीडित बनेको उनीहरुले बताए । स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरु पिडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि संचारमन्त्री भेट्नुपरेको बताए ।











