सुनको मूल्य २ लाख ५० हजार नाघ्यो

संवाददाता
२०८२ मंसिर १३, शुक्रबार १५:४९

शुक्रवार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो । महासंघकाअनुसार बिहीवार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*