एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्प पर्न सकिँदैनः विनोद
सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दा राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन् । लुम्बिनी लायन्ससँगको जितमा अर्धशतकसँगै अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्नेबारे विश्वस्त नरहेको संकेत गरेका छन् । गत सिजन आफूले राम्रो गर्दा पनि क्याम्पमा पनि नपरेको उनको भनाइ छ । त्यसैले एनपिएल विश्वकपको सेलेक्सन म्याच हो भन्न नसकिने विनोदले उल्लेख गरेका छन् ।











