‘नेपालको वर्तमान राजनीतिक संकटः सुशासनदेखि निर्वाचनसम्मको जटिलता’

संवाददाता
२०८२ मंसिर १४, शनिबार १४:०८

जेन–जी आन्दोलनको हिंसात्मक रूपले शुरु भएको नेपालको राजनीतिक संकटले राष्ट्रिय सम्पतीको विनाश, षड्यन्त्रका आशंकाहरू र निर्वाचनप्रतिको अनिश्चितता निम्त्याएको छ । भदौ २३–२४ गतेका घटनाहरूले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जस्ता राष्ट्रिय प्रतिकहरूलाई आगोको चपेटामा पा¥यो । जसबाट जनधनको ठूलो क्षति भयो । यसबीचमा १५० भन्दा बढी राजनीतिक दल दर्ताको होडबाजी, दुर्गा प्रसाईंको विवादास्पद अडियो र पक्राउ तथा राष्ट्रिय परिचयपत्र वेबसाइट ह्याक जस्ता घटनाहरूले संकटलाई थप गहिरो बनाएका छन् । राजनीतिक विश्लेषक युवराज संग्रौलाकाअनुसार यो संकट केवल युवा आक्रोश मात्र होइन बरु विदेशी चलखेल र आन्तरिक कमजोरीको संयोजन हो । उहाँले यसको निकासका लागि निर्वाचन र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*