श्रमिक नेता भन्छन्ः ‘श्रमसम्बन्धी कानून समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन आवश्यक’

संवाददाता
२०८२ मंसिर १४, शनिबार १४:११

श्रमिक नेताहरुले श्रमसम्बन्धी विद्यमान कानूनहरुलाई समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन गर्नुपर्ने आवश्यकता आँैल्याएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘वर्तमान बदलिँदो परिवेशमा श्रम सम्बन्धी कानूनहरुको अवस्था’ विषयक कार्यक्रममा सहभागी श्रमिक नेताहरुले तत्कालै कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन ऐन छिटोभन्दा छिटो परिमार्जन गर्नुपर्ने बताउनु भयो । हाल संसद नहुँदा ऐन संशोधन प्रक्रियामा जटिलता देखिए पनि यी विषयलाई अब गम्भीर छलफलको एजेण्डा बनाउनुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*