क्यान र एमसीसीबीच एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने सम्झौता

संवाददाता
२०८२ मंसिर १४, शनिबार १४:१२

क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने घोषणा गरेका छन् । यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म—निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*