सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

संवाददाता
२०८२ मंसिर १६, सोमबार १२:०५

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*