युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव

संवाददाता
२०८२ मंसिर १६, सोमबार १२:०८

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनुभएको छ । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताउनुभएको हो । उहाँले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनु भयो । युवाहरुको सहभागिता बिना कुनैपनि आन्दोलन सम्भव नरहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*