खराब ब्याटिङ र फिल्डिङका कारण हा¥यौंः गुलसन
काठमान्डु गोर्खाजसँगको हारपछि कर्णाली याक्सका युवा अलराउन्डर ब्याटिङमा राम्रो गर्नु नसक्नु र खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् । उनले खराब ब्याटिङ हुँदा करिब २० रन जति कम भएको पनि उल्लेख गरेका छन् ।











