“जनआन्दोलनको बलमा बनेको सरकारमै अनियमितताको छायाँ” – मदनकृष्ण शर्मा
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय राष्ट्रिय शतर्कता केन्द्रलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शर्माले संवैधानिक आयोगहरू चरम राजनीतिकरणको शिकार भएको र पुराना शक्तिले नियुक्त गरेका विश्वासपात्रहरू अझै पदमा रहेका कारण सुशासनको प्रयास असफल बनेको बताउनु भयो ।











