भारतको तमिलनाडुमा चक्रवात डिट्वाबाट ३ जनाको मृत्यु

संवाददाता
२०८२ मंसिर १७, मंगलवार १४:५१

दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईवस्तु मरेका छन् । वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पु¥याएको छ । राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लाहरूमा ३८ राहत शिविरहरू स्थापना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*