लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ । आईतवार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो । सिइओ ज्ञवालीकाअनुसार लगानीको दृष्टिकोणमा फेरबदल आउनु हुँदैन । स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, विज्ञहरुसमेत सम्लित एउटा मेकानिजम बनाउने तयारी भइरहेको बताउनु भयो ।











