नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर

संवाददाता
२०८२ मंसिर २२, आईतवार १२:५६

नेपालमा लैङ्गिक आधारित हिंसा (जिबीभी) बहुआयामिक समस्या बनेको एक प्रतिवेदनले देखाएको छ । व्यक्तिगत दुव्र्यवहारदेखि संरचनात्मक असमानता, सांस्कृतिक पूर्वाग्रह र डिजिटल उत्पीडनसम्म फैलिएको जिबिभी हालै मात्र भएको एक विस्तृत अनुसन्धान प्रतिवेदनकाअनुसार यो समस्या कानूनी रूपरेखामा भएका खाडलहरू, कमजोर कार्यान्वयन र सामाजिक मान्यताहरूबाट थप बलियो भएको देखाएको हो । संविधानले समानता र महिलाको अधिकारको ग्यारेन्टी गरे पनि पीडितहरूले न्याय पाउन कठिनाइ भोगिरहेको बताइएको छ । विज्ञहरूले तत्काल सुधारका लागि कानूनी, संस्थागत र सांस्कृतिक हस्तक्षेपको माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*