आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्नुपर्ने बताउनु भयो । विदेशी विनिमय सञ्चिति समानान्तर वचतको हिसावले वाह्य क्षेत्र राम्रो रहेको तर वाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गर्नुभयो । बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न नसकेको बताउनु भयो ।











