हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन भत्काइयो

संवाददाता
२०८२ मंसिर २२, आईतवार १३:०८

हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन आज भत्काइएको छ । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा हेटौंडाको मेनरोड, रापतीरोड, एचआइडी, चौकिटोल लगायतका क्षेत्रका घरहरु भत्काइएको हो ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बिचमा आज बिहान सवेरै देखि सडक चौडा बनाउने काम सुरु गरिएको थियो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकलाई फराकिलो बनाउने काम सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*