हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, मन्त्री केसीद्वारा उद्घाटन्
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले उद्घाटन् गरिन । बालजागृति बोडिङमा सुरु भएको प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ ।
कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्ता प्रतियोगिताले बालबालिकाहरुमा क्षमताको विकास हुने बताइन । दुइ दिन सम्मको प्रतियोगितामा देशका बिभीन्न जिल्लाका करिब १ सय जना प्रतियोगिहरुका विचमा प्रतिस्पर्धा हुँदै छ । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा स्कुलअफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशी लगायतकाको आतिथ्यता रहेको थियो ।











