मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

संवाददाता
२०८२ मंसिर २२, आईतवार १३:५०

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत समाजवादी) पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीन जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*