चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही

संवाददाता
२०८२ मंसिर २२, आईतवार १३:५७

चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*