सामान्य बढ्यो सुनको मूल्य

संवाददाता
२०८२ मंसिर २३, सोमबार १३:०३

सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*