क्षितिज दुग्ध सहकारीको अध्यक्षमा न्यौपाने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीस्थित क्षितिज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा राममणी न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दुग्ध उत्पादनलाई व्यवसायीकरण गर्दै स्थानिय किसानको आर्थिक अवस्था सुधार्ने लक्ष्य रहेको बताउनुभयो । अधिवेशनबाट उपाध्यक्षमा नारायण प्रसाद पाण्डे,सचिवमा पोषक बाबु विष्ट, कोषाध्यक्षमा सोमनाथ खनाल तथा सदस्यहरुमा गणेश प्रसाद बर्तौला,महेश कुमार मोक्तान र रामकुमार उप्रेती सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।











