मानव—वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार

संवाददाता
२०८२ मंसिर २७, शुक्रबार १५:०४

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गर्नुभयो । चरणक्षेत्रहरुमा गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्शानी गर्नुका साथै बासस्थान नोक्शानी गरेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*