सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६÷६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था शुरुवात गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वित भएको जानकारी गराउनु भयो ।











