नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने

संवाददाता
२०८२ पुष १८, शुक्रबार १६:१३

नेपाल निर्यात परिषदले १० औँ निर्यात दिवस मनाउने भएको छ । निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर दिवस मनाउने तयारी गरिएको छ । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण तथा १० औँ निर्यात दिवसका बारेमा जानकारी दिन शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात दिवसमा निर्यात क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी, विदेशी तथा अन्य निकायहरुको उपस्थिति रहने जानकारी दिनुभयो । उहाँकाअनुसार यसले निर्यात क्षेत्रसँग सम्बन्धित सरोकारका विषयहरुको बारेमा उजागर गर्न र नीति निर्माण तहमा रहेका राज्यका निकायलाई झक्झक्याउन पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*