विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार होः विशेष मधिवेशन पक्षधर

संवाददाता
२०८२ पुष १८, शुक्रबार १६:१५

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् । विशेष महाधिवेशन पक्षहरुले शुक्रवार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*