५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी

संवाददाता
२०८२ पुष १८, शुक्रबार १६:१७

बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणकाअनुसार हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीको करिव २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो । सोमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरुले गरिसकेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*