सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु

संवाददाता
२०८२ पुष १८, शुक्रबार १६:२०

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय साह रहेका छन् । स्थानीयकाअनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*