काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

संवाददाता
२०८२ पुष १९, शनिबार ११:५८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रिय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको उहाँको भनाइ छ । उहाँले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*