मकवानपुरमा रुपचन्द्र बिष्ट मार्गमा ३ करोडको काम सुरु, राजमार्गस्तरमा काम गर्न डिपिआर निर्माण हुँदै

संवाददाता
२०८२ पुष १९, शनिबार १२:०७

मकवानपुरमा थाहा आन्दोलनका प्रणेता तथा जनअधिकारका प्रवर्तक रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको रुपचन्द्र बिष्ट मार्ग निर्माणको काम सुरु भएको छ। चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेटबाट राक्सिराङ गाउँपालिका–३ खण्डमा सडक निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको मकवानपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेश कुमार बतौलाले बताए ।

निबर्तमान सांसद बतौलाको बिशेष आतिथ्यतामा सडक निर्माण कार्यको शुभारम्भ राक्सिराङ गाउँपालिका–३ का ज्येष्ठ सदस्यहरू ८७ वर्षीय कृष्णबहादुर पाख्रिङ र सिङ्गबहादुर पाख्रिङले गरेका हुन्। संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यस मार्गलाई राजमार्गस्तरमा विकास गर्ने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कामसमेत अगाडि बढिसकेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*