धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

संवाददाता
२०८२ पुष १९, शनिबार १४:५१

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताउनुभएको छ । शनिवार काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक मत राखेका नेताहरुलाई पनि समेटेर मूलधारमा ल्याउने बताउनु भयो । उहाँले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गर्नुभयो । विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गर्नुभयो । उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*