काँग्रेसको समययुद्धः पुसको आगो कि वैशाखको घाम ?

संवाददाता
२०८२ पुष १९, शनिबार १४:५४

नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो । यतिबेला आफ्नै आन्तरिक समययुद्धमा फसेको छ । पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने क्रममा पुसको चिसोमा आगो ताप्ने हतारो कि वैशाखको तातो घाममा पसिना बगाउने धैर्यता ? यो प्रश्नले पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा तरंग ल्याएको छ । यो क्षणमा पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले वैशाख २८–३१, २०८३ मा नियमित महाधिवेशन गर्ने निर्णय बहुमतले पारित गरेको छ । तर यो निर्णयसम्म पुग्ने बाटो गुटगत रस्साकस्सी, विधानको व्याख्या र विशेष महाधिवेशनको मागले भरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*