वन विज्ञान अध्ययन संस्थान हेटौंडामा हल्ट प्राईजका लागि २१ टिमको आवेदन परेको छ।
हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन वन विज्ञान अध्यन संस्थान हेटौडा(फरेस्टि) क्याम्पसमा खुल्ला गरिएको हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन परेको छ। ग्लोवन रजिष्ट्रेशन मार्फत टिम दर्ता गरिएकोमा टिम वनिका,वज गार्ड,वन्सिप,इको बाइट,मातृ वन,ग्रिन ग्रोथ नेपाल,जेरो वेस्ट वर्क, सस्टेनेवल पेपर प्रोडक्सन, सि क्वेस्टिन, एफ ओ एफ को आवेदन परेको छ। यस्तै क्लिसफुल अर्थ,फर्टिगो,टिम स्किट,पोभ्रटी,ड्रिप ड्रप,ओम्या,स्नो ह्रवाइट,लटेना फ्रम वेस्ट टु प्रोडक्ड,इनोभेट क्याटलिस्ट क्रु र कोसेलीले पुरस्कारको लागी आवेदन परेको कार्यक्रम निर्देशक विनय तिमल्सिनाले बताउनुभयो । प्रतियोगिता फाल्गुन पहिलो साता संचालन गरिने छ। हल्ट प्राइज विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्न संचालन गर्दै आइएको एक प्रतिष्ठित वार्षिक प्रतियोगिता हो, हल्टमा विद्यार्थी नवप्रवर्तकहरूलाई सामाजिक प्रभाव सिर्जना गर्ने उदेस्यले पुरस्कार वितरणगरिदै आएको छ । । यस प्रतिस्पर्धाले सहभागीलाई खाद्य सुरक्षा, पानीको पहुँचदेखि ऊर्जा, वातावरण, रोजगारी तथा शिक्षाको क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको नवीन समाधानहरू विकास गर्न प्रेरित गर्ने छ। उचित विचारहरूलाई विश्वमा प्रभाव पार्ने किसिमको व्यवसायमा रुपान्तरण गर्नु नै यसको लक्ष्य रहेकोे छ। हल्ट पुरस्कारका विश्वव्यापी विजेतालाई १० लाख अमेरिकी डलर बराबरको स्टार्टअप पुरस्कार प्रदान गरिने बताइएको छ ।











