अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा; राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ । यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा आलोचना भइरहेको छ । अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीको गिरफ्तारीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले भेनेजुएला चलाउने बताउनु भयो । फ्लोरिडाको आफ्नो मार–ए–लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने बताउनु भयो ।











