२०२५ मा इजिप्टमा १ करोड ९० लाख पर्यटक भित्रिए
पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जानकारी दिनुभएअनुसार इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने प्रयासहरूलाई दिनुभयो । कायरो, हुरघाडा, शर्म अल–शेख र मार्स आलम देशका सबैभन्दा व्यस्त विमानस्थलहरू थिए । जसले इजिप्टका आकर्षणहरूको भौगोलिक विस्तारलाई प्रतिविम्वित गर्दछ ।











