निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

संवाददाता
२०८२ पुष २८, सोमबार १६:१०

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उहाँले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*