गजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

संवाददाता
२०८२ माघ २०, सोमबार १३:१५

प्यालेस्टिनी स्रोतहरूकाअनुसार शुक्रवार राति र शनिवार गजा पट्टीका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणहरूमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । गजाको नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलकाअनुसार उत्तरी गजा शहरको शेख रदवान प्रहरी केन्द्रमा भएको सबैभन्दा घातक आक्रमणमा १४ जनाको मृत्यु भएको छ । उक्त स्थानमा धेरै प्रहरी अधिकारी र सर्वसाधारणहरू भग्नावशेषमा पुरिएका थि ए। यसैगरी, दक्षिण गजाको खान युनिसस्थित विस्थापित शिविरमा भएको अर्को आक्रमणमा एकै परिवारका सात सदस्यहरूको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*