व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरणको बाटोमा लैजानुपर्ने
नेपाल आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको संघारमा छ । राजनीतिक दलहरूले आफ्ना चुनावी एजेण्डा कोरेर मैदानमा उत्रिन थालेका छन्, जसलाई व्यवसायीहरूले सकारात्मक रूपमा हेरेका छन् । तर विगतका अनुभवहरूले उनीहरूलाई शतर्क बनाएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले धेरै राजनीतिक दलले चुनावमा सहभागिता जनाउनु, आ–आफ्ना एजेन्डाहरू लैजानु स्वभाविक भएपनि विगत ३६ वर्षदेखि राजनीतिक दलहरूले चुनावी एजेण्डालाई जितेपछि बिर्सने गरेको बताउनु भयो । नेताहरू चुनावपछि खासगरी परिवारवादमा रमाउने र महत्वपूर्ण समयलाई खेर फालेको उहाँको बुझाइ छ ।











