राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणमा जानुभएको छ । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँले जापान प्रस्थान गर्नुभएको हो । उहाँलाई प्रधानमन्त्री कार्कीसहितका विशिष्ट सरकारी अधिकारीहरुले बिदाई गर्नुभएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो ।











