पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा २१६ आतंककारी मारिए

संवाददाता
२०८२ माघ २४, शुक्रबार १२:५०

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले आतंकवाद विरोधी अभियान सम्पन्न गरेको र यस क्रममा कम्तीमा २१६ आतंककारी मारिएको सेनाले जनाएको छ । आतंककारीहरूले गरेका आक्रमणमा सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायका २२ जना कर्मचारी र ३६ जना सर्वसाधारणको पनि मृत्यु भएको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्थानीय बासिन्दाका लागि गम्भीर खतरा उत्पन्न गर्ने आतंककारीहरूको उपस्थितिको बारेमा विश्वसनीय र प्रमाणित गुप्तचरी सूचना प्राप्त भएपछि जनवरी २९ मा यो अभियान सुरु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*