मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

संवाददाता
२०८२ माघ २४, शुक्रबार १२:५२

वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा भएको थियो भने त्यसपछिका संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै सम्पन्न हुँदै आएका छन् । यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता भएका थिए । मौसमको अवस्था हेरेर अन्तिम तालिका तय गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*