‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङदेन

संवाददाता
२०८२ माघ २६, आईतवार १३:५४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताउनुभएको छ । कामठाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बन्नुभएको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताउनु भयो । लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिनुभयो । अध्यक्ष लिङदेनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गर्नुभयो । उहाँले सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*