गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ

संवाददाता
२०८२ माघ २६, आईतवार १३:५७

नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताउनुभएको छ । उहाँले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताउनुभएको हो । यो निर्वाचनले काँग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई मूल्य–मान्यता (स्वतन्त्रता र समानता) को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*