गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
नवलपुर । नारायणी नदीमा रहेको गण्डक ब्यारेजमा पानीको प्रवाह २ लाख ७३ हजार क्युसेक पुगेको छ । निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेर खतरा सूचकनजिक पुगेको हो ।
पानीको बहाव बढ्दो क्रममा रहेपछि ब्यारेजका ढोकाहरू खोलिएका छन् । ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बढ्दो बहावलाई ध्यानमा राख्दै नारायणी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानतर्फ जान सम्बन्धित निकायले अनुरोध गरेका छन् ।
नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ । वर्षा नरोकिए बहाव अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।











